बाढी पहिरो प्रभावितहरूको लागि इनड्राइभद्वारा घर निर्माण

काठमाडौँ- ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।
इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न ३३,५५,५०० (२५,००० अमेरिकन डलर) सहयोग गरेको हो ।
पीडितहरूको आवश्यकता पुरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरू निर्माण गरिरहेको छ ।
नमो बुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरू निर्माण भइरहेका छन् ।
यी आवासहरू जाडो गर्मी बाह्रै मास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरू टिकाउ र दिगो रहेका छन् ।
हरेक घरमा २ वटा बेड रुम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ ।
चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ । यी घरहरूमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ ।
घर निर्माणको साथसाथै इनड्राइभले नमो बुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरूलाई कम्बलहरू पनि प्रदान गरेको छ ।
इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, ‘हामी समुदायका मानिसहरूलाई सहयोग गर्ने र आवश्यकता अनुसार दिगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौँ । हामी सञ्चालन हुने ठाउँहरूमा सकारात्मक प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ । राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेर हामीले प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई आश्रय प्रदान गर्ने मात्र नभै भावी जीवन अझ राम्रो बनाउन मिल्ने आश्रयको व्यवस्था गरेका छौँ । यस सहकार्यले राहत वितरणको प्रयास र प्रभावित परिवारमा आशाको किरण छर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ ।’
इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३०को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छ । दिगो समाधान र अर्थपूर्ण कामहरु मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेका छौँ । यस सहकार्यले हाम्रो विश्वासलाई मूर्त रूप दिएको छ प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूलाई अस्थायी बसोबास मात्र नभएर हामीले यस्तो समाधान दिएका छौँ जहाँ उनीहरुले आफ्नो जीवन नयाँ तरिकाले सुरुवात गर्न सक्नेछन् । चुनौतीपूर्ण समयमा सहायता प्रदान गर्ने र दिगो समुदाय निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई यस सहकार्यले मूर्त रूप दिएको छ । हामी नवीन, दिगो पहलहरू मार्फत सामुदायिक सशक्तीकरण गर्न समर्पित छौं । हाम्रो मिसन भनेको हामी सञ्चालन भएको हरेक समुदायको आवश्यकतालाई सम्बोधन गरेर सकारात्मक प्रभाव पार्नु हो ।’

लिची धेरै खाए निम्तिन सक्छ स्वास्थ्य समस्या

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

२९४ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस

प्रतिक्रिया