पोखराको शिवचोकमा खुल्यो कजरियाको शोरुम

पोखरा– भारतको अग्रणी टायल उत्पादक कम्पनी कजरियाले पोखराको शिवचोकमा नयाँ शोरुम खोलेर नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ ।
धौलाश्री सप्लायर्सद्वारा सञ्चालित शोरुमको भव्य उद्घाटन समारोह २०८१ माघ १३ गते सम्पन्न भएको थियो, जसमा स्थानीय बासिन्दा तथा व्यवसायी समुदायका प्रतिष्ठित सदस्यहरुको ध्यानाकर्षण भएको थियो ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । उनको उपस्थितिले पोखराको बढ्दो निर्माण उद्योगको विकासमा टेवा पुर्याउने यस नयाँ उद्यमको महत्वलाई उजागर गरेका थिए ।
कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको बारेमा उत्साह व्यक्त गरे । उनले भने, “पोखरा प्रिमियम बजार हो, यहाँ कजरिया टाइल्सको माग सधैं उच्च रहँदै आएको छ । पोखराका जनताले कजरियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौं । यो शोरुमले उच्च गुणस्तरका उत्पादन र सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सङ्केत गर्दछ” ।
मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको शहरमध्ये एक हो । यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ । कजरियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
नयाँ शोरुम रणनीतिक रुपमा शिव चोकमा अवस्थित छ, जसले ग्राहकहरुलाई प्रिमियम टाइल्सको विस्तृत श्रृंखलाको अन्वेषण गर्नको लागि सुविधाजनक बनाउँदछ ।
गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्नेछ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजरियाको लागि महत्वपूर्ण कोसेढुङ्गा हो ।
रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेको छ ।
नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजरिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।
यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

केएल दुगर ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल फ्लोर मिल्स एसोसिएसनका अध्यक्ष दुगड…

थापाथली क्याम्पसका विद्यार्थी प्रजेश श्रेष्ठले पाए शंकरलाल अग्रवाल गोल्ड मेडल

चर्चित लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त

मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सकियो

एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ को टाइटल स्पोन्सर

प्रतिक्रिया