उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

उदयपुर - जिल्ला स्वास्थ्य कार्यालयले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप जिल्लाका १३ हजार बढी छात्रा तथा किशोरीलाई दिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जिवी निरौलाकाअनुसार जिल्लाको दुई सय ८३ सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत छात्रा तथा किशोरीलाई उक्त खोप दिन लागिएको हो ।
६ देखि १४ वर्षसम्मका किशोरी तथा छात्रामध्ये १३ हजार ४६ जना विद्यालयमा अध्ययनरत र विद्यालय बाहिरका तीन हजार दुई सय ६५ किशोरीलाई एचपीभी खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म दुई सय ८३ विद्यालयमा एचपीभी खोप शिविर सञ्चालन गरिने भएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा पहिलो चरणमा माघ २३ गतेदेखि २५ गतेसम्म खोप सञ्चालन गरिने छ ।
त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलयका निमित प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लामा किशोरी तथा छात्राहरुलाई पहिलो पटक एचपीभी खोप दिन लागिएको हो । खोप लगाउनाले ती किशोरीलाई भविष्यमा पाठेघरको क्यान्सर नलाग्ने वैज्ञानिक तथ्यको आधारमा सरकारले देशभर खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

प्रतिक्रिया