संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा - प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा प्राप्त अधिकार खोसिने खतरा उत्पन्न भएको बताएका छन् ।
समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विषयक विचार सभामा बोल्दै प्रचण्डले प्राप्त अधिकार खोस्नेगरी संविधान संशोधन गर्न खोजेको भन्दै त्यस्तो कदम आफूहरूलाई स्वीकार्य नहुने समेत बताए ।
प्रचण्डले सरकारका विगत ६ महिनाका कदम हेर्दा प्रमुख दल र सरकार प्रतिगमनको यात्रामा देखिएकाले समाजवादी मोर्चालाई सशक्त नबनाइए देशलाई दुर्घटनामा पुर्याउन सक्ने उल्लेख गरे । उनले अलोकतान्त्रिक र निरङ्कुश तरिकाले अध्यादेश ल्याइएको आरोप लगाए । माघ १८ गतेको सदन बस्नुभन्दा अगाडि विपक्षी दलहरूको बैठक बसेर साझा धारणा बनाउने र त्यसै अनुसार सदनमा प्रस्तुत हुने उनको भनाइ छ ।
उनले आफ्नाले जतिसुकै अपराध गरेका भए पनि तुरुन्तै चोख्याउने र राजनीतिक विरोधीलाई प्रतिशोध साँध्ने काम भएको समेत बताए ।
प्रचण्डले समाजवादी मोर्चालाई गति दिने प्रयास र विपक्षीहरूलाई उद्देश्यमूलक ढंगले अघि बढाउने प्रयास देशप्रतिको चिन्तामा आधारित रहेको उल्लेख गरे ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया