कार्यदलमा कुरा मिल्यो, ओली-नेपालबीच कुरा मिलेको छैन : विष्णु रिजाल

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका युवा नेता विष्णु रिजालले पार्टीका आन्तरिक विवादका विषय मिलाउन गठित कार्यदलमा कुरा मिलेको बताएका छन् । उनले पाँच वटा बुँदामा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यबीच आन्तरिक सहमति भएको बताएका हुन् । तर मुख्य नेताबीच कुरा नमिलेको उनको भनाइ छ ।
'अन्ततः एमालेमा एकता हुन्छ । तर, अहिलेको अवस्था हेर्दा अंग्रेजीको ६ अंक जस्तो देखिन्छः एकातिरबाट हेर्दा कार्यदल स्तरमा विषयवस्तुमा मिल्न बाँकी केही देखिँदैन, ५ बुँदामा सबै समेटिएको छ, उठेका सबै विषय सम्बोधन भएका छन्', एमाले विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'अर्कोतिरबाट हेर्दा प्रमुख नेताहरुका बीचमा खास कुरा मिलेकै छैन, एकअर्काप्रति विश्वस्त हुन सक्नुभएको छैन ।'
एमालेमा एकताका लागि युवा नेताहरु तयार भएपनि शीर्ष नेतामा समस्या देखिएको उनले बताएका छन् । शीर्ष नेताहरुले एक अर्कामा विश्वास राख्न नसकेकाले आन्तरिक विवाद मिलाउन समय लाग्ने पनि उनको भनाइ छ । शुक्रबार पनि बस्ने कार्यदलको बैठकमा विवाद समाधान गर्ने विषयमा पाँच वटा बुँदामा भएको सहमतिलाई अन्तिम रुप दिने तयारी रहेको उनले संकेत गरेका छन् ।
शुक्रबार बस्ने बैठकबाट सबै आन्तरिक विवादका विषय टुंगिने कार्यदलका सदस्य सुवास नेम्वाङको भनाइ छ । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद मिलाउन ठोस सहमति हुन सकेको छैन । विगतमा माधव नेपाल समूहसँग रहेका रिजाल पछिल्लो समय ओली समूहमा छन् ।

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

प्रतिक्रिया