बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

'टोटनहम प्रिमियर लिग उपाधि दौडमा छैन'

काठमाडौं : टोटनहम हट्सपरका प्रशिक्षक जोसे मौउरिन्होले आफ्नो टिम प्रिमियर लिगको उपाधि दौडमा नरहेको बताएका छन् । आइतबार चेल्सीसँग गोलरहित बराबरी खेलेपछि मौउरिन्होले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

स्टाम्पर्फोड ब्रिजमा सम्पन्न खेलमा चेल्सीसँग बराबरी गरेपछि टोटनहम लिग अंक तालिकामा पहिलो स्थानमा उक्लियो । समान २१ अंक भएपनि लिभरपुललाई गोल अन्तरमा पछि पार्दै टोटनहमले शिर्षस्थानमा कब्जा जमाएको हो ।

लिगको पहिलो स्थानमा रहेपनि टोटनहम बाँकी ठुला टिमहरु भन्दा कमजोर रहेकाले आफुहरुलाई लिग उपाधिको दाबेदार भन्न नमिल्ने उनको तर्क थियो । त्यसो त, सन् १९८५ पछि प्रिमियर लिगमा १० खेलको समाप्तिसँगै टोटेनहम पहिलो स्थानमा पुगेको यो पहिलो पटक हो । जारी लिग सिजनमा १० खेल खेल्दा मौउरिन्हो नेतृत्वको टोटनहमले एउटामा मात्र पराजय भोगेको छ ।

यसैबीच मौउरिन्होले चेल्सीसँगको बराबरीले आफ्ना खेलाडीहरु खुशी नभएको पनि बताए । ‘चेल्सी जस्तो टिमका विरुद्ध खेल्दा बराबरी गर्नसक्नु सकारात्मक नतिजा हो । तर मेरा खेलाडीहरु नतिजाबाट खुशी छैनन् । उनीहरु खुशी नभएको देख्दा म खुशी छु,’ मौउरिन्होले भने ।

टोटनहमले सन् २००८ मा लिग कप जिते यता कुनै पनि उपाधि जित्न सकेको छैन । मउरिसियो पोचेटिनोले टोटनहमलाई गत वर्ष च्याम्पियन्स लिगको फाईनलमा पु¥याए पनि उपाधि जित्नलाई लिभरपुलको चुनौती पार गर्न सकेन । टोटनहमले अहिले सम्म दुई पटक (सन् १९५१ र १९६१) मात्रै लिग जित्न सकेको छ ।