प्रथम जय नेपाल कपको उपाधि मध्यपश्चिम विश्वविद्यालयलाई

काठमाडौं - पहिलो जय नेपाल कपको उपाधि नेपालको मध्यपश्चिम विश्वविद्यालयले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज सम्पन्न फाइनल प्रतियोजितामा मध्यपश्चिम विश्वविद्यालयको टोलिले भारतको लखनउ विश्वविद्यालयको टोलीलाई ५८ रनले पराजित गरी उपाधि हात पारेको हो ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी तथा पदक प्रदान गरेका थिए । फाइनल प्रतिस्पर्धामा टस जितेको मध्यपश्चिम टोलीले ब्याटिङ रोजेको थियो । सुरूवाती ओभरमा छिटो विकेट गुमाएर दबाबमा रहेको मध्यपश्चिमलाई देवान पुन र विपिन खत्रीले शतकीय साझेदारी खेल्दै बलियो स्थितिमा पुर्याएका थिए । विपिनले आक्रामक रूपमा २८ बल खेल्दै ५ चौका र ४ छक्कासहित ५९ बनाएका थिए भने देवानले ३६ बलमा ६ चौका र दुई चौकासहित ५८ रन बनाएका थिए ।
यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो । लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाएका थिए ।
प्रतियोगितामा पाँच खेलमा ११ विकेट लिएका विपिन खत्री प्रतियोगिताको सर्वोकृष्ट बलर एवं ‘प्लेयर अफ द टुर्नामेन्ट’ को घोषित भए भने लोकेन्द्र बम सर्वोत्कृष्ठ ब्याटर घोषित भए । उनले प्रतियोगिताका चार प्रतिस्पर्धामा २०५ को स्ट्राइक रेटमा कुल दुई सय ५३ रन बनाएका थिए । नेपाल विद्यार्थी सङ्घको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा तीन देशका ८ विश्वविद्यालयका टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
जस अनुसार समूह ‘ए’ त्रिभुवन विश्वविद्यालय, ढाका विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र भारतको बिहारस्थित बाबासाहेब भीम राव अम्बेडकर विश्वविद्यालय थिए । त्यस्तै समूह ‘बी’ मा काठमाडौँ विश्वविद्यालय, भारतका लखनऊ विश्वविद्यालय, दिल्ली विश्वविद्यालय र नेपालको मध्यपश्चिम विश्वविद्यालय थिए ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया