मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
पर्वत : पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिरोले सडक अवरुद्ध बनेको हो ।
चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने पर्वतका ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । वर्षा रोकिएकाले सडक खुलाउने प्रयास भइरहेको उनले बताए । सडकमा ठूला-ठूला ढुङ्गा खसेका कारण लामो समय लागेको हो ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसँगको सम्पर्क टुटेको छ । यस क्षेत्रबाट अन्यत्र जाने सवारी साधन पर्वतको सहस्रधारा र कुश्मा बजारमा अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधन पराधीमा अलपत्र बनेका छन् ।
उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन । सडकखण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको अनियाघाट र ज्यामिरेलगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको हो । सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै

११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

सेकुङ र भुतर्छो तालमा दश हजार माछाका भुरा छाडियो

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

प्रतिक्रिया