सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह - उपमहासचिव ज्ञवाली

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताएका छन् ।
प्रेस चौतारी रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रूपान्तरण र सुशासन कायम गर्ने गरि सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताएका हुन् ।
ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गरे । त्यस्तै उनले देशभर सरकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको धारणा राखे ।
यस्तै उपमहासचिव ज्ञवालीले एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाका विषयमा संवैधानिक राष्ट्र प्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको उल्लेख गरे ।
नेता ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निराशा चिर्ने गरी सरकारले काम गरेको बताए ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया