अनु लामाले घरेलु फुटबलबाट सन्यास लिइन्

काठमाडौं - नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएका छन् ।
विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्यास लिएको घोषणा गरेकी हुन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपिएफ नेपाल पुलिस क्लब पराजित गरेको थियो । खेल सकिनेबित्तिकै अनुलाई एपिएफका खेलाडीले गार्ड अप द अनरबाट सम्मान गर्दै बिदाइ गरेका थिए ।
अनुले अब घरेलु फुटबल नखेल्ने बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतीत गर्ने जानकारी दिइन् । आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरूका लागि ठाउँ छाडेको उनले बताइन् ।
अनुले महिला फुटबलको थप विकास गर्न धेरै भन्दा धेरै घरेलु प्रतियोगीता आवश्यक रहेको उल्लेख गरिन् । सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया