नेपाल स्टार्टअप सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी

काठमाडौं - नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा विदेशी कूटनीतिज्ञहरू पनि सहभागी भएका छन् ।
सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागीले नेपालको ठूलो दल नेपाली कांग्रेसले स्टार्टअप प्रबद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् । त्यसैगरी उनीहरुले पार्टी कार्यालय सानेपामा राखिएका विभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै हस्तकला अनुपम भएको भन्दै प्रशंसा गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शन गरिएका छन् । सम्मेलन बिहीबार बेलुका समापन हुनेछ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया