जनताको चाहनालाई केन्द्रमा राखेर काम गरिने

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधूरा योजना र जनताको चाहनालाई केन्द्रमा राखेर प्रदेश सरकारले काम गरिरहेको बताएका छन् ।
आज लमजुङ मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती समापन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले सबै जिल्लामा अधूरा योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको र कुनै जिल्लामा अधूरा योजना छुटेमा आफूलाई खबर गर्न जिल्लाका जनप्रतिनिधि तथा कर्मचारीलाई आग्रह गरे ।
उनले जनताको दुःख मर्म बुझ्दै जनताको चाहनालाई प्रदेश सरकारले पूरा गर्ने गरी काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । प्रदेश सरकारले घरघरमा खानेपानी, बिजुली पुर्याउने, शिक्षा, स्वाथ्य, पर्यटन, रोजगार, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री पाण्डेले बताए ।

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_bvO01kwiVs_ersi4pxtto30rkmp3ppjihywwzskumfer6npzwm4lf2dotyfotuxh9clq2w4.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

प्रतिक्रिया