विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताएका छन् ।
सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले ल्होसारजस्ता पर्वहरूले नेपाली समुदायबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।
तामाङ समुदायको महत्वपूूर्ण पर्व सोनामल्होसार नयाँ वर्षको सुरुआतसँगै हर्षोल्लासपूर्वक मनाइन्छ । ‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने सभामुख घिमिरेको भनाइ छ ।
“सोनामल्होसार तामाङ समुदायको मौलिक पर्व हो । डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकारहरूका साथ यो पर्व सांस्कृतिक जीवन्तताको अद्वितीय उदाहरण बनेको छ”, उनले उल्लेख गरेका छन् ।

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

‘त्रिवि क्रिकेट मैदानको काम एक महिनाभित्र सकिने’

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्छौँः मन्त्री पाण्डे

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

प्रतिक्रिया