पूर्वराजा आज भारत जाँदै, गोरखनाथ मन्दिरमा खिचडी चढाउने

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदैछन् ।
उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् ।
बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।
पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन् ।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।

एकै व्यक्तिले चार हजार इसेवा ह्याक गरेर चोरे एक करोड

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

आफ्नै देश फर्किँदा विमानस्थलमा प्रहरीबाटै असुरक्षित : विमानस्थल कि दुर्व्यवहारस्थ…

लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपालको तेस्रो महाधिवेशन सकियो, नयाँ…

लुक्लाबाट रामेछाप उडेको जहाजमा समस्या, काठमाडौँमा आकस्मिक अवतरण
नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न

यस्तो हुनेछ आजको मौसम

प्रतिक्रिया