शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

जापानी प्रधानमन्त्री इसिबा र अमेरिकी राष्ट्रपति ट्रम्पबीच प्रत्यक्ष शिखर बैठक हुने, के-के छ मुख्य एजेन्डा ?

काठमाडौँ- जापानका प्रधानमन्त्री शिगेरु इसिबा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो प्रत्यक्ष शिखर बैठक हुने भएको छ । उक्त बैठक आगामी फेब्रुअरी ७ मा हुने तय भएको छ ।

यो भेटघाटले दुई देशबीचको लामो समयदेखिको गठबन्धनलाई थप सुदृढ पार्ने र स्वतन्त्र तथा खुला इन्डो-प्यासिफिक क्षेत्रको सुनिश्चितताका लागि सहकार्यको नयाँ आयाम खुला गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ ।

मुख्य एजेन्डाहरू
शिखर बैठकमा जापान-अमेरिका सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रयास गरिनेछ । प्रधानमन्त्री इसिबाले दुई देशबीचको सम्बन्धलाई दुवै पक्षका राष्ट्रिय हितमा आधारित “विन-विन साझेदारी” को रूपमा प्रस्तुत गर्ने योजना बनाएका छन् ।

त्यस्तै आर्थिक क्षेत्रमा रहेका मुद्दाहरू, जस्तै जापानी कम्पनी निप्पोन स्टिल कर्पोरेशनद्वारा अमेरिकी कम्पनीको अधिग्रहणमा रोक लगाउने विषय पनि छलफल हुने सम्भावना रहेको छ । यो विषय जापानी उद्योग क्षेत्रको चासोको केन्द्रमा रहेको छ ।

इसिबाले यसअघि राष्ट्रपति ट्रम्पको कार्यकाल सुरु हुनुभन्दा अगाडि भेटघाट गर्न प्रयास गरेपनि सफल हुन सकेन । हालै उनले अमेरिकी राष्ट्रपतिसँग “जति सक्दो चाँडो” भेटघाट गर्ने आफ्नो इच्छा सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।

यो बैठकले केवल सुरक्षा र आर्थिक सहकार्यमा मात्र नभई क्षेत्रीय स्थिरतामा समेत योगदान गर्ने विश्वास व्यक्त गरिएको छ । जापान र अमेरिका दुवै देशका लागि यो बैठक रणनीतिक महत्वको मानिएको छ ।

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता