१३ वर्षपछि नयाँपानीमा पलायो पानी

सिन्धुपाल्चोक- यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ ।
यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यसवर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए ।
पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ । रासस
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
मकै छोडेर कफी खेतीमा महाभारतका किसान

चितवनमा दुई वटा सुधारगृह बन्द

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

रसुवागढी नाकाबाट सवारी साधन भित्रिनेक्रम बढ्दो, ८ महिनामा ८ हजार बढी चिनिया…

दुर्घटनामा चालक सापकोटाको मृत्यु

प्रतिक्रिया