पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य

काठमाडौं - नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्न सफल भएको हो ।
नेदरल्यान्ड्सका लागि रिकेले ४८ बलमा ८ चौकासहित अविजित ५९ रन बनाएकी थिइन् भने ब्याटर आइरिस ज्वीलिङले १३ बलमा ५ चौकाहित अविजित ३१ रन जोड्दा ओपनर स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् ।
यसैगरी हेथर सेगर्सले १९ बलमा समान एक चौका र छक्कासहित २३ रन बनाउँदा अन्य दुई खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कविता कुंवर, पुजा महतो, इश्वरी विष्ट र सीता रनामगरले समान एक विकेट लिएका छन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया