सामाजिक सञ्जालसम्बन्धी विधेयक सञ्चारक्षेत्रसँग छलफल गरेर ल्याइने

काठमाडौं - नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन्।
प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक ल्याउन लागिएको जानकारी बताए।
उनले सामाजिक सञ्जाल स्वच्छ मनोरञ्जन र सूचना आदानप्रदानको थलो बन्नुपर्ने बताए। तथ्यमा आधारित भएर जसको पनि पर्याप्त आलोचना गर्न पाइने तर जिउँदो मानिसलाई श्रद्धाञ्जली दिनेजस्ता कार्यलाई स्वीकार्न नसकिने उनको भनाइ छ।
कार्यवाहक महासचिव ज्ञवालीले आफ्नो पार्टी सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउने बताए।
कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राई, महासचिव हिरामान लामालगायतले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने नाममा प्रेस स्वतन्त्रता हनन गर्न नहुने बताए।
अधिवेशनले नवीन लुईंटेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया