दलहरूसँग सहकार्य र मोर्चालाई बलियो बनाउन मधेशी दलले बनाए कार्यदल

काठमाडौं - मधेश केन्द्रित राजनीतिक दलहरूले सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारमा बिहीबार बसेको मधेश केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहनुभएको छ भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने सुमनले जानकारी दिए ।
कार्यदलले आगामी दिनमा दस्तावेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने उनले बताए । बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमीसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको सुमनले जानकारी दिए ।
सुमनले भूमीसम्बन्धी अध्यादेशले मधेशी, जनजाती आदीवासी लगाएतका नागरिकलाई उनकै भूमिबाट वञ्चित गरि आप्रवासनका नाममा फेरी अर्को संरचना प्रयास रहेकाले आफूहरूको बिचार नकारात्मक रहेको जिकिर गरे ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया