कबिर खानको ५०० करोडको फिल्ममा अब बिक्की कौशल

मुम्बई- विक्की कौशल अहिले इन्डस्ट्रीका व्यस्त कलाकारमध्येका एक हुन् । अहिले उनका ‘छावा’, ‘लभ एन्ड वार’, ‘महावतार’ जस्ता धेरै रोमाञ्चक फिल्महरू पाइप लाइनमा रहेका छन् ।
यसैबीच विक्की कौशलले आफ्नी पत्नी कट्रिना कैफका साथी र निर्देशक कबीर खानसँग आफ्नो अर्को फिल्मका लागि हात मिलाएको थाहा भएको छ ।
फिल्म फेयरको रिपोर्ट अनुसार विक्की कौशल र कबीर खानले एकअर्काको कामको तारिफ गरिरहेका हुन्छन । अहिले दुवैले एकसाथ फिल्ममा काम गर्ने योजना बनाएका छन् । समाचारलाई विश्वास गर्ने हो भने आयोजनाको अन्तिम चरणमा काम भइरहेको भए पनि दुईबीचको सहकार्यले सबैको ध्यानाकर्षण भएको छ ।
फिल्मसँग नजिक रहेको स्रोतको विश्वास गर्ने हो भने कबीर खान र कट्रिना कैफ लामो समयदेखि साथी हुन्। कट्रिना र विक्की कौशलले विवाह गरे देखि कबीर पनि विक्कीको राम्रो साथी र मेन्टर बनेका छन्। तर, यी सबैको बीचमा विक्की कौशल र कबिर खानलाई सँगै काम गरेको हेर्न फ्यानका लागि रोचक हुनेछ ।
भर्खरै कबीर खानले एपलाज इन्टरटेनमेन्टसँग दुई फिल्मको घोषणा गरेका छन् । ‘बजरंगी भाइजान’का निर्देशकले एपलाज इन्टरटेनमेन्टका एमडी समीर नायरसँगको फोटो सेयर गरेर यसबारे जानकारी दिएका थिए । विक्की र कबिरको कुरा गर्दा गत वर्ष फिल्म निर्माताको ‘चन्दु च्याम्पियन’ रिलिज हुँदा विक्की कौशलले यसको निकै तारिफ गरेका थिए । विक्कीले फिल्ममा कार्तिक आर्यनको अभिनयको पनि तारिफ गरेका छन् ।
कबीर खानको यो प्रोजेक्ट निकै ठूलो हुने भएको छ । समाचारमा भनिएको छ कि यो फिल्म कुल ५०० करोडको बजेटमा बन्दैछ, जहाँ बिक्की कौशलको अभिनय रहनेछ । तर, सो फिल्मका बारेमा थप केही कुरा जानकारी बाहिर ल्याइएको छैन् ।
विक्की कौशलको आगामी फिल्मको कुरा गर्दा उनी ‘छावा’ मा देखिँदैछन् । यस फिल्ममा अभिनेतासँगै रश्मिका मन्डन्ना र अक्षय खन्ना मुख्य भूमिकामा छन् । छत्रपति सम्भाजी महाराजको जीवनीमा आधारित यो पिरियड ड्रामा फिल्मको ट्रेलर केही दिन अघि सार्वजनिक भएको थियो । जुन फिल्म १४ फ्रेबुअरीमा रिलिज हुँदैछ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया