६० दिनभित्रै विधेयकहरू टुंगो लगाइदिन सभामुखसँग ओलीको माग

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका विधेयक ६० दिनभित्रै टुंगो लगाइनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै ओलीले एउटै कानुन बनाउन आधा दशकसम्म लागेको भन्दै उने ससदले हतारो महसुस नगरे सरकारले सुशासन कायम गर्न नसक्ने बताए।
‘सरकारले आवश्यक परेकाले नै विधेयक ल्याउँछ, सदनले हतारो महसुस नगरे सरकारले कसरी सुशासन कायम गर्न सक्छ?,’ उनले भने।
ओलीले अबदेखि विधेयकलाई ६० दिनभित्रै टुंगो लगाइदिन सभामुखलाई अनुरोध गरे। ‘उनले तीन महिनाभित्र विधेयक पारित भएन भने त्यसले मुलुकलाई न्याय गर्दैन,’ उनले भने।
उनले छलफल, बहस र नमिलेको कुरा हटाएर विधेयकहरू चाँडै टुंगो लगाउनुपर्ने बताए।
उनले अघिल्लो सरकारले वास्ता नगर्दा आज सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन निर्माण नहुँदा देश ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा परेको बताए।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया