क्रिप्टो करेन्सीको कारोबार र अनलाइन ठगी गर्नेहरू पक्राउ

काठमाडौं - तीन अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी र अनलाइन ठगी गर्ने सातजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको वर्दगोरीया–६ का माइकल डंगौरा, कैलालीकै अनिल विश्वकर्मा, काठमाडौंको बूढनीलकण्ठका पियुष श्रेष्ठ, दोलखाको भीमेश्वरका सत्यमकुमार सहनीसहित सातजना छन् ।
काठमाडौं । तीन अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी र अनलाइन ठगी गर्ने सातजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको वर्दगोरीया–६ का माइकल डंगौरा, कैलालीकै अनिल विश्वकर्मा, काठमाडौंको बूढनीलकण्ठका पियुष श्रेष्ठ, दोलखाको भीमेश्वरका सत्यमकुमार सहनीसहित सातजना छन् ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न ब्रान्डका मोबाइल १३ थान, विभिन्न व्यक्तिका नामका काटेको १९ थान चेक र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।प्रहरीको अनुसन्धानका क्रममा उनीहरूले संगठित रूपमा क्रिप्टो कारोबार तथा अनलाइन ठगी गर्ने गरेको खुलेको छ ।
उनीहरूले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर अनलाइन ठगी गर्ने गरेको खुलेको सीआईबीका एसपी सुधीरराज शाहीले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान जारी छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया