अक्षय कुमारको फिल्म धेरै पछाडि १०० करोडको क्लबमा

मुम्बई- अक्षय कुमार र वीर पहाडिया स्टारर फिल्म ‘स्काई फोर्स’ ले एक सातामा १०० बढी कमाएको छ ।
फिल्मले बिहीबार ५.६४ करोड कमाएको छ । यसका साथै फिल्मले विश्वभर १०० करोडको आँकडा पनि पार गरिसकेको छ ।
अक्षय कुमारका पछिल्ला चार फिल्मको सङ्कलन हेर्दा स्काई फोर्सको कमाइले उनलाई पक्कै पनि राहतको सास दिनेछ। तर, शाहिद कपूरको फिल्म ‘देवा’ रिलिज भए पछि ‘स्काई फोर्स’ को कमाईमा केही गिरावट आउन भने सक्छ ।
फिल्मले विदेशमा पनि राम्रो कमाइ गरिरहेको छ । हालसम्म यसले विश्वभर १०४.७५ करोड रुपैयाँ संकलन गरिसकेको छ ।
अक्षय कुमारका पछिल्ला दुई फिल्म ‘खेल खेल में’ ले ४०.३६ करोडको अल टाइम कलेक्सन गरेको थियो । योसँगै ‘सरफिरा’ ले २२ करोड मात्रै कमाएको थियो । अब स्काई फोर्सको प्रदर्शनले अक्षयलाई राहत दिएको हुनुपर्छ । अक्षयको अन्तिम सुपरहिट फिल्म ओएमजीः २ थियो, जसको कुल कलेक्सन १५०.१७ करोड थियो।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया