महाकुम्भकी भाइरल मोनालिसाले फिल्ममा २१ लाख पारिश्रमिक

मुम्बई- भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्, यी युवतीको नाम हो– मोनालिसा ।
'ब्राउन आइड' मोनालिसाको भाग्य अब फेरिएको छ, किनभने उनी अब अभिनेत्री बन्न लागेकी छिन् । हो, मोनालिसा चाँडै नै बलिउड फिल्ममा देखिदै छिन् । उनको फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । अहिले यो फिल्मबाट मोनालिसाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् ।
एनडीटीभीका अनुसार मोनालिसाले फिल्म ‘डायरी अफ मणिपुर’ का लागि २१ लाख भारु पारिश्रमिक लिएकी छिन् । त्यसमध्ये उनलाई १ लाख रुपैयाँ हस्ताक्षर रकम दिइएको छ । आफ्नो जादुमयी आँखा र मनमोहक मुस्कानका कारण महाकुम्भमा भाइरल भएकी मोनालिसा अहिले आफ्नो घर अर्थात् मध्य प्रदेशको महेश्वर फर्किएकी छिन् ।
उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने गर्थिन् तर १५ दिनभित्रै महाकुम्भ छाड्नु परेको थियो किनभने भाइरल भएका कारण उनले न माला बेच्ने काम राम्ररी गर्न सकेकी थिइन्, न आरामको सास नै फेर्न सकेकी थिइन् । क्यामेराहरू उनको पछिल्तिर घुम्न थाले, अहिले उनी आफ्नो घर फर्किसकेकी छिन् ।
निर्देशक सनोज मिश्रले मोनालिसाको गाउँ पुगेर आफ्नो फिल्म ‘डायरी अफ मणिपुर’मा उनीसँग साइन गराएका छन् । यस फिल्ममा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । फिल्मको छायांकन अघि उनलाई मुम्बईमा अभिनयको तालिम पनि दिइनेछ ।
कुम्भमेलामा अचानक भाइरल भएपछि मोनालिसाको सुन्दरता र आकर्षक व्यक्तित्वले मेलामा आउने मानिसहरूको ध्यान तान्यो। त्यसपछि सनोज मिश्रले आफ्नो फिल्ममा मोनालिसालाई कास्ट गर्ने निर्णय गरेका हुन । निर्देशक सनोज मिश्र अहिले फिल्म ‘डायरी अफ मणिपुर’ को तयारीमा व्यस्त रहेका छन् ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया