मौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट

चितवन- यहाँको मौलाकालिका अस्पतालले अस्पतालले नवनिर्मित भवनमा सेवा सुरु गरेका अवसरमा बहिरङ सेवा (ओपिडी) निःशुल्क र अन्य सेवामा ५० प्रतिशत छुटको घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१० विमानस्थल नजिक रहेको अस्पतालले सोमबारदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो ।
भरतपुर महानगरपालिका–११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरिएको छ तले सुविधासम्पन्न अत्याधुनिक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले जानकारी दिए ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अस्पताललाई एक सय शय्यासहित आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले नयाँ भवन निर्माण गरेको बताए । अस्पतालका प्रबन्ध निर्देशक डा केशवराज भुर्तेलले नयाँ भवनबाट आकस्मिक सेवासहितका सबै खालका सेवा दिन लागिएको बताए । सरकारले हरेक अस्पतालमा विपन्नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिँदै आएको उनले बताए । निःशुल्क सेवा भए पनि १० प्रतिशत पुर्याउन नसकिएको उनको भनाइ छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

प्रतिक्रिया