प्रियंका र दीपिकापछि हलिउड ताक्दै आलिया

मुम्बई : हिट फ्लपको अंकमा आलिया भट्टलाई जोख्ने हो भने आलिया पछिल्लो समयकै सबैभन्दा सफल अभिनेत्री हुन् । उनले खेलेका मध्ये एकाध मात्र फ्लप भएका छन् । बलिउडमा एकसेएक फिल्म गरिरहेकी आलियाले अब भने हलिउडतिर फैलिने विचार गरेकी छिन् ।
हलिउडको चर्चित अनलाइन डेडलाइनका अनुसार आलियाले हलिउडको एउटा चर्चित एजेन्सीसँग सम्झौता गरेकी छिन् । विलियम मोरेस एजेन्सी नामको यो एजेन्सीले हलिउडका चर्चित कलाकार बेन एफलेक, जेनिफर गार्नर, जेक ग्लेनहाल, क्रिश्चिय बेल, फ्रिडा पिन्टो आदिलाई पनि हलिउडमा म्यानेज गर्छ ।
बलिउडबाट हलिउडमा गएर जम्नेमा प्रियंका चोपडा पहिलो नम्बरमा आउँछिन् । ‘क्वान्टिको’ सिरिजबाट हलिउड यात्रा सुरु गरेकी प्रियंकाले पछिल्लो समय ‘म्याट्रिक्स ४’ समेत अभिनय गर्ने अवसर पाएकी छिन् । प्रियंकाबाहेक दीपिका पादुकोनले पनि हलिउडको एजेन्सीसँग सम्झौता गरेकी छिन् ।
यही एजेन्सीको बलमा उनले तीन वर्ष अघि भेन डिजेलसँग ‘ट्रिपल एक्स’ सिरिजको जेन्डर केज शीर्षकको फिल्म गरेकी थिइन् । तर, यो फिल्म बक्स अफिसमा असफल भएको थियो ।
आलियाका बलिउडमा भने कम्तिमा ४÷५ फिल्म रिलिजको संघारमा छन् । जसमा ‘गंगुबाई कठैयाबडी’, ‘ब्रम्हास्त्र’ , ‘डार्लिङ’ आदि हुन् । दुई दिन अघि मात्र रनवीर सिंहसँग उनको ‘रकी और रानी’को घोषणा भएको थियो ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया