विदेश पढ्नमै बाहिरियो ६ महिनामा ५६ अर्ब ८३ करोड

काठमाडौँ- वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।
अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

अर्थ मन्त्रालय प्रवेशमा कडाई

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन- नेपाली फिन्टेकको ऐतिहासिक सुर…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

प्रतिक्रिया