मलेसियामा बाढीले १३ हजारभन्दा बढी विस्थापित

क्वालालम्पुर- मलेसियाको उत्तरी बोर्नियो राज्य सारावाक र सबाहमा आएको बाढीका कारण १३ हजार भन्दा बढी मानिस विस्थापित भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
सारवाकमा ११ हजार ८४० मानिसहरूलाई ६३ बाढी राहत केन्द्रहरूमा राखिएको समाज कल्याण विभागले जनाएको छ ।
यसैबीच, उपप्रधानमन्त्री फडिल्लाह युसुफले यस पटक विपद्को सामना गर्न निकै चुनौतीपूर्ण रहेको बताए । विशेषगरी विन्तुलु जिल्लामा आएको बाढीका कारण लजिस्टिक कठिनाइ रहेको उनले बताए ।
मौसम विभागले कम्तीमा ४ फेब्रुअरीसम्म विशेषगरी सारावाकका धेरै जिल्लामा लगातार भारी वर्षा हुने चेतावनी जारी गरेको छ । (सिन्ह्वा)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया