नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने

जेरुसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग कुराकानी गर्नुभएको र अमेरिकी अधिकारीहरूसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति जनाएका छन् ।
हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ भने दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन ।
विटकोफले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग दोस्रो चरणको वार्ता अघि बढाउनका लागि छलफल गर्नुअघि प्रमुख मध्यस्थकर्ता कतार र इजिप्टसँग कुरा गर्ने बताइएको छ ।
दोस्रो चरणमा बाँकी रहेका बन्दीको रिहाई र युद्धको स्थायी अन्त्यका बारेमा थप छलफल हुने अपेक्षा गरिएको छ । यसको नेतन्याहू सरकारका धेरै सदस्यहरूले विरोध गरेका छन् ।
इजरायलबाट १५ महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका ३३ व्यक्तिको रिहाइका बदलामा इजरायलमा बन्दी रहेका करिब एक हजार ९०० प्यालेष्टिनीको रिहाइको लागि जनवरी १९ मा इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमास र उसको सहयोगी इस्लामिक जिहादले अहिलेसम्म १८ जना बन्धकलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पेका छन् ।
हमास स्रोतका अनुसार आगामी शनिबार बन्धकको पाँचौं समूह र प्यालेष्टिनी कैदीबीच आदानप्रदान हुनेछ ।
युद्धविरामको छ हप्ताको पहिलो चरण ३३ बन्धक र एक हजार ९०० प्यालेष्टिनीको आदानप्रदान कसरी हुन्छ भन्ने कुराले दोस्रो चरणको सम्झौताको वातावरण बन्नेछ । (एएफपी)
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_Kilf1tZBU1_6h1pfzgezqegvydnbq9jn8tm3y4izd69yp4ixmebxzrez7qup86tj1fvtbdt.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

पाकिस्तान र इरानबाट पाँच दिनमा १६ हजार अफगान शरणार्थी फर्किए

नाइजेरियामा जिहादी आक्रमण : चार सैनिकको मृत्यु, केही अपहरणमा

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसंघको आग्रह

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

प्रतिक्रिया