'अज्ञात रोग'ले धमाधम मर्न थाले भैंसी, बर्दिवासका किसान चिन्तित
महोत्तरी- अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाउँहरूमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन् ।
स्थानिय गोपाल कार्कीका अनुसार विगत पाँच दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैंसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीको दुहुनो भैंसी एक्कासी मरेको जनाइएको छ ।
यसअघि हनुमान चोकमा अर्को किसानको भैंसीसमेत मृत अवस्थामा भेटिएको थियो । भैंसीहरूमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैंसी बिहान मरिराखेको रहेछ,’ कार्कीले भनिन, ‘एकै रातमा लाख १५ हजारभन्दा बढी पर्ने भैंसी गुमाउनु पर्यो ।’
भैंसीहरू किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिएको छैन । यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराईसकेको किसानहरूले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैंसीहरू महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।
‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरूले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ ।’ यद्दपी, थप अनुसन्धान भइरहेको उनले जनाए ।
वडाध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैंसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं.६ मात्र १५ सय भन्दा बढी भैंसी किसानहरूको गोठमा रहेको अनुमान गरिएको छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया