डिभोर्सपछि सामान्था निर्देशकसँग 'डेट' मा !

हैदाराबाद- सामन्था रुथ प्रभु फेरि एक पटक चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो ।
वास्तवमा नागा चैतन्यसँग सम्बन्धविच्छेद भएपछि पहिलो पटक अभिनेत्री अर्कैसँग जोडिएर नाम चर्चामा आएको हो । त्यस बेलादेखि सुरु भएको हो, जब अभिनेत्री पिकलबल प्रतियोगिता हेर्न गइन्, जसको तस्विर उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा सेयरसमेत गरिन् । यी तस्विरहरूमा सामन्था ‘सिटाडेल हनी बन्नी’ निर्देशक राज निदिमोरुसँग देखिएकी छिन् । त्यसपछि यी दुवैको डेटिङको खबर बाहिर चलेको हो ।
सामन्था वर्ल्ड पिकलबल लिगको खेलमा चेन्नई सुपर च्याम्प्स टोलीकी मालिक हुन्, जब अभिनेत्री फेब्रुअरी १ मा खेल हेर्न गएकी थिइन्, उनले खेलको क्रममा तस्विरहरू सेयर गरेकी थिइन् । यी मध्ये एक तस्बिरमा सामन्था र राज एकअर्काको हात समातेको देखिएपछि फ्यानले दुवैसँगै रहेको अनुमान गरेका छन् । यद्यपी यस अफवाहको बारेमा न त उनीहरुले कुनै प्रतिक्रिया दिएका छन्, न त यसको कतैबाट पुष्टि हुन सकेको छ ।
सामन्था र राजको कुरा गर्ने हो भने यी दुवैले अहिलेसम्म दुई वटा प्रोजेक्टमा सँगै काम गरिसकेका छन्, जसमध्ये एउटा ‘सिटाडेल हनी बन्नी’ र अर्को ‘द फ्यामिली म्यानः २’ हो । यति मात्र होइन, दुवैले आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’मा पनि सँगै काम गरिरहेका छन् ।
आफ्नो एक अन्तर्वार्तामा अभिनेत्रीले राज र डीकेको बारेमा भनेकी थिइन् कि उनीहरुले मलाई करियरमा चुनौतिहरु लिन प्रेरित गरिरहेकाका छन् । पोस्ट सेयर गर्दै उनले लामो क्याप्शन लेखेकी छिन्, जसमा उनले यो रोलर कोस्टर यात्रामा राज र हिमांकबाट राम्रो साथीको आशा गर्न सक्ने भन्दै भावुक कुरा लेखेकी थिइन् ।
फिल्म निर्माता राज निदिमोरुले धेरै उत्कृष्ट फिल्महरूमा काम गरेका छन् तर डीकेसँग उनको जोडी बढी चर्चित छ। राज निदिमोरु र कृष्ण दशरको थापल्ली डीके चलचित्र जगतमा निकै चर्चित जोडी हुन् । यी दुबैले सँगै पहिलो फिल्म ‘शादी’ बनाएका थिए, जुन सन् २००२ मा रिलिज भएको थियो । यो छोटो फिल्म थियो तर दुबैले ‘द फ्यामिली म्यान’ पश्चात् दर्शकमाझ पहिचान बनाएका थिए ।
सामन्थाको कुरा गर्ने हो भने नायिकाले २०१७ मा नागा चैतन्यसँग विवाह गरे पनि २०२१ मा दुवैले एकअर्कासँगको सम्बन्ध तोडेका थिए । गत वर्ष अर्थात २०२४ मा नागा चैतन्यले शोभिता धुलिपलासँग विवाह गरिसकेका छन ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया