बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

एनसीएचएलको फाइदाः नेपालमा विदेशी पर्यटकले डलर बोक्नै नपर्ने

नेपालमा पर्यटकले नेपालमा क्युआर अर्थात् ‘क्विक रेस्पोन्स कोड’बाट भुक्तानी गर्न सक्ने भएका छन्  । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सीमापार डिजिटल कारोबारलाई कार्यान्वयनमा ल्याएसँगै यस्तो सुविधा पाइने भएको हो । जसले गर्दा प्रत्यक्ष रुपमा विदेशी नागरिकले फाइदा लिन सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरे बजोजिम एनसीएचएलले विभिन्न अन्तर्राष्ट्रिय मर्चेन्टसँग सम्झौता अघि बढाइसकेको छ । अब १० देशका नागरिकले सीधै अनलाइनको माध्यमबाट भुक्तानी गर्न सक्ने छन् ।

यसअघि स्वीफ्ट र एटिएम कार्डमार्फत मात्रै अन्तर्राष्ट्रिय कारोबार तथा भुक्तानी भइरहेको थियो । अन्तर्राष्ट्रिय कारोबारलाई ग्राहक स्वयंले लेनदेन गर्न मिल्ने गरी ‘पिपुल टु मर्चेन्ट (पिटुएम)’ मोडलमा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी गर्न सकिने व्यवस्था ल्याइएको हो । यसले विदेशी पर्यटकले गर्ने हरेक कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउन मद्दत पुर्याउँछ ।

यो व्यवस्थाले विश्वका जुनसुकै देशका नागरिक (विशेष गरी पर्यटक)ले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा क्युआर मार्फत भुक्तानी गर्न सक्नेछन् । हाललाई १४ वटा ई–वालेट र मोबाइल बैंकिङ एपका अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूले अब ‘नेपाल पे’ क्यूआरमा भुक्तानी गर्न सक्छन् ।

विदेशी पर्यटकले नेपाल भ्रमण गर्दा नगद बोक्नुपर्ने बाध्यता एनसीएचएलले कारणले बनेको छ ।  व्यापारीहरूले अब चीन, दक्षिण पूर्वी एसिया र अफ्रिकाका १० देशका पर्यटकहरूबाट सिधै नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न सक्ने छन् । विभिन्‍न देशका नागरिकलाई पनि यस्तो सुविधा उपलब्ध गराउँदै जाने प्रयत्नमा आफूहरु रहेको एनसीएचएलको भनाइ छ ।

हाल चीनको अलिपे, अलिपे हङकङ, मकाओको एमपे र इटालीको टिनाबा बैंकको वालेटबाट नेपालमा सीधै क्युआर भुक्तानी हुने भएको छ । मलेसियाका दुई वालेटहरु ‘टच एन गो इ–वालेट’ तथा पब्लिक बैंक बर्हाडले प्रबद्र्धन गरेको ‘माइ–पीबी’ वालेटबाट पनि नेपालमा भुक्तानी गर्न पाइने भएको छ ।

फिलिपिन्सको जी–क्यास, मंगोलियाको हाइ–पे र सिंगापुरका दुई वालेटहरु ‘चाङ यी पे’ र ‘ओसिबिसी डिजिटल’मार्फत पनि सिधै क्यूआर स्कान गरेर नेपालमा भुक्तानी गर्न मिल्ने भएको छ ।

त्यसैगरी दक्षिण कोरियाको कोकोआ पे, नेइबर पे र टोस पेबाट पनि नेपालमा सीधा भुक्तानी गर्न पाइने अवस्था बनेको छ । थाइल्याण्डको ट्रु–मनिमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिन्छ ।

यस्तो सुविधाबाट पर्यटकमात्र नभई व्यापारीहरू पनि लाभान्वित हुनेछन् । व्यापारीहरूले विदेशी नागरिकहरूबाट पनि सजिलै भुक्तानी प्राप्त गर्नेछन् । बिना झन्झट सजिलै भुक्तानी गर्न सकिने हुँदा विदेशीले आफूले चाहेको कुरा जुनसुकै बेला खरिद गर्न सक्छन् । जसले बिक्री बढाउन समेत सहयोग पुर्याउने आशा गरिएको छ ।

अर्कोतिर विदेशी पर्यटकलाई भारी मात्रामा विदेशी मुद्रा बोक्न वा साट्न आवश्यक पर्दैन । जसले मुद्रा विनिमयलाई सरलीकृत बनाउँछ । उनीहरूको आफ्नै देशको ई–वालेट वा मोबाइल बैंकिङ एप प्रयोग गरेर नेपालमा भुक्तानी गर्न सक्नेछन् ।

यसले वित्तीय अन्तरघुलनलाई सुव्यवस्थित गर्न सघाउने अपेक्षा नेपालको सरकार र केन्द्रिय बैंकले पनि लिएका छन् । जसले पर्यटक र नेपाली अर्थतन्त्र दुवैलाई फाइदा पु¥याउनेछ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि भुक्तानी प्रणाली सहज बनाउँदा पर्यटकले गर्ने खर्च सिधै बैंकिङ प्रणालीमा जाने र अर्थतन्त्रलाई फाइदा पुर्याउने बताए ।

 ‘अहिले पर्यटकले गर्ने सबै खर्च प्रणालीमा समेटिएको छैन । पर्यटकले नगदमा गरेका खर्चहरू गणना नहुँदा वास्तविक खर्च समेत नआइरहेको बेला यसले स्पष्ट देखाउँछ’, उनले भने । अनलाइन भुक्तानी सहज हुँदा पर्यटकले गर्ने खर्च समेत वृद्धि हुने उनले बताए ।

पछिल्लो समय नेपाल पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गइरहेको छ । उच्च हिमशृंखला आरोहण, पदयात्रासँगै साहसिक तथा प्रकृतिप्रेमी पर्यटनको गन्तव्यका रूपमा परिचित छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, वसन्तपुर दरबार क्षेत्र, बौद्ध स्तूपलगायत ऐतिहासिक अनुपम कला, सम्पदा र संस्कृति हेर्नका लागि पनि वर्षेनी लाखौं विदेशी पर्यटक नेपाल आउने गरेका छन् ।

पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्रको पुनरुत्थानमा महत्वपूर्ण भूमिका समेत खेल्दै आइरहेको छ । सन् २०२४ मा मात्रै साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । सन् २०२३ मा १० लाख १५ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
नेपाल भ्रमणमा आउने देशहरू मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट आउने गरेको पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२४ मा भारतबाट मात्रै ३ लाख १८ हजार पर्यटक नेपाल आएका थिए । दोस्रो स्रोत राष्ट्र अमेरिकाबाट १ लाख ११ हजार, चीनबाट १ लाख १ हजार, युकेबाट ५७ हजार, बाङ्लादेशबाट ४८ हजार, अस्ट्रेलियामा ४३ हजार, थाइल्याण्डबाट ३० हजार, श्रीलंकाबाट ३० हजार, जर्मनीबाट २९ हजार र दक्षिण कोरियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

नेपालमा २२० भन्दा बढी मुलुकबाट पर्यटक आउने गरेका छन् । त्यसैले यस प्रकारको भुक्तानी सरलिकरण सुविधा अहिलेको अवस्थाबाट अन्यत्र पनि विस्तार गर्दै लाने योजनामा एनसीएचएलले तीव्रतासाथ काम गरिरहेको छ ।

यो सहकार्यले विश्वव्यापी डिजिटल प्रबृत्तिलाई रूपान्तरण र दिगोपन ल्याउनमात्र नभई नेपालमा नगदरहित अर्थतन्त्रको विकासलाई बढावा दिन पनि ठूलो मद्दत गर्ने छ । हरेक देशबाट आउने विदेशी नागरिकलाई भुक्तानीमा सहजीकरण गर्न सक्ने हो भने यसले अर्थतन्त्रमा पुर्याउने योगदान थपिँदै जाने बोर्डले जनाएको छ ।

 

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा विशेष छुट

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्तार

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध