दश हिमाली जिल्लामा छात्रावास निर्माण गरिने

रसुवा- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० हिमाली जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छिन् ।
पूर्वी रसुवाको नौकुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार उद्घाटन गर्दै उनले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिइन् ।
ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीयस्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको शिक्षा मन्त्री भट्टराईले बताइन् । सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने उनले बताइन् ।
विसं २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोबास गरेका १५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने आश्वासन दिइन् । रासस

सुक्खा सङ्कटग्रस्त मधेसमा खानेपानी र सिँचाइको काम सुरू गर्न ऊर्जामन्त्रीको निर्दे…

आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता

नेपालको जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री दे…

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया