विश्व क्यान्सर दिवसका अवसरमा ‘वाकाथन’

विश्व क्यान्सर दिवसका अवसरमा आज चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘वाकाथुन’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारी तथा यससँग सरोकार राख्ने सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो । बिहान अस्पताल परिसर १ नं गेटबाट कार्यक्रम सुरु गरी बुद्घचोक, कटहर चोक, पीपलचोक र अस्पतालको २ नं गेट हुँदै पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएको हो ।
अस्पतालका निर्देशक डा शिवजी पौडेलले फेब्रुअरी ४ का दिन अस्पतालले विश्व क्यान्सर दिवसको अवसर पारेर बिहान अस्पतालबाट वाकाथुन कार्यक्रम गरी दिवस मनाउन सुरु गरिएको जानकारी दिए । उनले सन् २०२५ को नारा ‘युनाइटेड वाई युनिक’ भिन्नतामा एकता रहेको उल्लेख गर्दै बिरामीको भिन्न चरित्रसँग भिजेर चिकित्सक एवं स्वास्थ्यमर्कीले यसको उपचार गर्नुपर्ने बताए । बिरामीको आर्थिक, सामाजिक, मनोवैज्ञानिक भावना चिकित्सकले बुझेर उपचार गर्दा सेवामा चुस्त–दुरुस्त हुने उनको भनाइ थियो ।
डा पौडेलले अस्पतालले आज विभिन्न कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाउने बताए । बिहानको वाकाथुनपछि, दिउँसो क्यान्सर विजेता तथा बिरामी एवं आफन्तसँगको अन्तरक्रियालगायत क्यान्सरविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने उनले जानकारी दिए ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
भारतमा कोभिड देखिएपछि पर्सामा सतर्कता अपनाइने

सुर्तीजन्य पदार्थ नियन्त्रणमा स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने

प्रतिक्रिया