सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु

गाईघाट (उदयपुर)- यहाँको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।
नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो गाईघाट, असारी सडकका मुख्य बजार र चोकका विद्युत् पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु गरिएको हो । त्रिनपा–९ को गैरुन, राजाबास तथा चुहाडे क्षेत्रका मुख्य सडकका चोकहरुमा पनि स्मार्ट लाइट जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, सगरमाथा सडकअन्तर्गत त्रिनपा–५,४ र ३ को देउरी, बगाहा, मोतिगडा, भुल्के, खैजनपुरसहित त्रिनपा–१० बोक्से क्षेत्रको चोक र भीड हुने स्थानहरुमा स्मार्ट लाइट जडान भइरहेको छ ।
नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नगरको ती क्षेत्रहरुमा प्रत्येक महिना सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु गरिएको हो । विसं २०६५ सम्म नगरभित्र ५६ हजार मात्र जनसङ्ख्या रहेकामा हाल एक लाख ३० हजार पुगेको छ । यातायातका साधनहरु यस क्षेत्र हुँदै दैनिक चार हजारभन्दा बढी गुड्ने गर्दछन् । रासस

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया