रौतहटमा १२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु

रौतहट - रौतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एक जना अमिनको मृत्यु भएको छ।
जिल्लाको मध्यभाग गरुडा–४ घरभएर गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।
गरुडा नगरपालिका जयनगरस्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलबस १२ हजार भोल्टको तार छुन गई अमिन साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवले बताएका छन्।
लगत्तै, गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट बिरगंज गण्डक अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर यादवले जानकारी दिए ।
मृतक अमिन रामजी साहको शव पोष्मार्टमका लागि नारायणी अस्पताल वीरगंजमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताएका छन्।
मृतक अमिनको १ छोरा र १ छोरी रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया