गौरीफन्टा सीमा नाकाबाट किशोरीको उद्धार

धनगढी - गौरीफन्टा सीमा नाकाबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ।
नेपाल–भारत सीमा नाकामा सशस्त्र सीमा बल एसएसबीले मानव तस्करीको प्रयास असफल पार्दै १६ वर्षीय नेपाली किशोरीको उद्धार गरेको हो।
गौरीफन्टा चेकपोस्टमा प्राप्त सूचनाका आधारमा एसएसबीले बैंगलोर लैजाने तयारीमा रहेका २० वर्षीय युवकलाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेकी किशोरी बझाङकी सोविता सुनार रहेको खुलेको छ भने अभियुक्त युवक सोही जिल्लाका सुशील पार्की रहेका छन्।
अनुसन्धानका क्रममा अभियुक्त नेपालमै अध्ययनरत रहेको पत्ता लागेको छ। किशोरी विगत तीन दिनदेखि घरबाट बेपत्ता रहेको एसएसबीको अनुसन्धानबाट खुलेको छ।
घटनाबारे तत्काल दुवैका अभिभावकलाई जानकारी गराइएको थियो। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अभियुक्त युवकलाई नेपाल प्रहरी कैलालीको जिम्मा लगाइएको छ। पीडित किशोरीलाई आमाबुवाको उपस्थितिमा नेपाल एनजीओ पीआरसी लाई बुझाइएको छ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया