सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवत आजै टुंग्याउँछौं : पोखरेल

काठमाडौँ : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल बैठक मध्यान्न १२ बजेदेखि सिंहरबारमा जारी छ । केही बेरअघि बैठकस्थलबाट कार्यदल सदस्य शंकर पोखरेल बाहिरिएका छन् । बाहिरिने क्रममा सञ्चारकर्मीलाई एकदमै संक्षिप्त प्रतिक्रिया दिँदै उनले सहमतिका लागि प्रयास गरिरहेको बताए । 'सहमतिका लागि प्रयास गरिरहेका छौं । सम्भवत आजै टुंग्याउँछौं,' उनले भने ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक यसअघि बुधबार र बिहीबार पनि बसेको थियो । त्यसअघि बुधबार बेलुकी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । तर सहमति जुट्न सकेन । बिहीबार बिहान र बेलूकी बैठक बसेपनि शुक्रबारलाई बस्ने गरी सकिएको थियो ।
कार्यदलमा माधव नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण बिष्ट छन् । यस्तै ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया