मङ्गोलियामा पाँचमध्ये एक जनाको मृत्युको क्यान्सरले

उलान बातोर- मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी) ले मङ्गलबार जनाएको छ ।
विश्व क्यान्सर दिवसको अवसरमा एनसीसीले विज्ञप्ति जारी गर्दै मङ्गोलियामा सन् २०२४ मा क्यान्सरबाट कूल चार हजार सात सय ५५ जनाको मृत्यु भएको बताएको छ ।
देशले सन् २०२४ मा क्यान्सरका आठ हजार १६९ नयाँ केसहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा लगभग १३ प्रतिशतले बढेको छ ।
यसअघि मङ्गोलियामा ८० प्रतिशत क्यान्सर रोगी ढिलो पत्ता लाग्ने गरेको केन्द्रले जनाएको छ । हाल स्थितिमा सुधार आएको र यो सङ्ख्या ६५ प्रतिशतमा झरेको छ ।
मङ्गोलियनमा क्यान्सरको सबैभन्दा सामान्य प्रकारहरूमा कलेजो, पेट, फोक्सो, पाठेघर र कोलोरेक्टल समावेश छन्, जसले लामो समयदेखि सार्वजनिक स्वास्थ्य चुनौतीहरूको प्रतिनिधित्व गर्दछ । (सिन्ह्वा)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया