केन्यामा सुन खानी दुर्घटना : १२ जनाको उद्धार

नैरोबी- पश्चिमी केन्यामा सुन खानी भत्किँदा फसेका १२ जना खानी कामदारको उद्धार गरिएको अधिकारीहरूले मङ्गलबार पुष्टि गरेका छन् ।
दुर्घटना हुँदा २० जनाभन्दा बढी खानीमा काम गरिरहेको भएपनि प्रहरी, जिल्ला विपद् व्यवस्थापन टोली र मानवीय संस्थाले मङ्गलबार बिहानै गरेको उद्धार कार्यमा सबैलाई निकाल्न सफल भएको शिन्यालु उपकाउन्सिलका प्रहरी प्रमुखले बताए ।
“फसेका १२ खानी कामदारको उद्धार गरिएको छ,” केन्या रेड क्रस सोसाइटीले पुष्टि गरेको छ ।
परराष्ट्र मामिलाका लागि क्याबिनेट सचिव मुसलिया मुदावादीले खानी समुदायलाई उद्योगमा सुरक्षा उपायहरूमा बढी जोड दिन आग्रह गर्नुभयो ।
प्रत्यक्षदर्शीका अनुसार खानीमा काम गर्नेहरूले खन्ने क्रममा संरचना भत्किएपछि भित्र रहेका मानिसका लागि जोखिमपूर्ण अवस्था सिर्जना भएको थियो ।
काकामेगा काउन्टी पश्चिमी केन्याको सबैभन्दा ठूलो खानी कार्यहरूको भण्डार हो ।
केन्यामा खानीहरूलाई कमजोर सुरक्षा सावधानीका कारण खतरनाक मानिन्छ । हालका वर्षहरूमा बारम्बार खानी भत्किने घटनाले धेरै जनाको ज्यान लिएको छ । (सिन्ह्वा)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया