वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु

जेरुसेलम- वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए ।
सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ ।
सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य छ जनालाई सामान्य चोट लागेको बताए ।
एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।
हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् ।
इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।
प्यालेस्टाइनी तथ्याङ्कका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तिमा २७ जना मारेका छन् । (सिन्ह्वा)

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया