पर्सा प्रहरीद्वारा ३० जना फरार प्रतिवादी पक्राउ

वीरगञ्ज- फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटहरुले ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा जारी अभियान अन्तर्गत जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३० जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको हो।
एसपी मिश्रले जिल्ला प्रहरी प्रमुखको रूपमा पदभार सम्हालेसँगै विभिन्न अपराधमा दण्ड सजाय पाएर फरार रहेका प्रतिबादीहरुलाइ प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।
प्रहरीले गत शनिबार देखि सोमबारसम्म ३ दिनमा ३० जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा उपस्थित गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताएका छन्।
प्रहरी प्रमुख एसपी मिश्र आएदेखि नै पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ सँगै तस्करी नियन्त्रणमा जोड दिएको छ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया