गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं - दलितमाथि हिंसा गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्री कै निर्देशनमा अत्याचार भएको भन्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी दलित अधिकारकर्मी खगेन्द्र सुनार लगायतले गृहमन्त्रीले नै दलितमाथि अत्याचार गरेको भन्दै राजीनामा माग गरेका हुन् ।
राज्यका निकायमा बसेका मान्छेले नै दलितमाथि अत्याचार गरेको सुनारको आरोप छ । उनले कांग्रेस शीर्ष नेतासँग दलितमाथिको भएको विभेदको धारणा माग गर्ने बताए । त्यस्तै सुनारले कांग्रेस पार्टी कार्यालय, दलीय आयोग लगायतका निकायमा धर्ना दिने उल्लेख गरे ।
यता अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्रीको बारेमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन गरिएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयले समाजमा छुवाछूत र जातीय विभेद् बढाउनेलाई कानुनको दायरामा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । संविधान र कानुनप्रदत्त नागरिकका अधिकारहरूको उपभोगमा अवरोध पुर्याउने क्रियाकलापलाई कानुनको दायरामा ल्याउने कुरामा गृहमन्त्री प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

जैविक विविधता अनुगमनका लागि क्यामेरा र जिपिएस उपकरण जडान

आजदेखि धरहरा १२ घण्टा खुल्ने

प्रतिक्रिया