आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

आजै टुंग्याउनेगरी छलफल भइरहेको छ : रघुजी पन्‍त

काठमाडौँ : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्य रघुजी पन्तले कार्यदल बैठकमा आजै टुंग्याउनेगरी छलफल भइरहेको बताएका छन् । कार्यदल बैठकबाट बाहिरिएका उनले सहमतिको मस्यौदामा छलफल भइरहेको बताए ।

‘छलफल सकारात्मक छ,’ उनले भने, ‘सहमतिको मस्यौदामा छलफत गर्‍यौँ । हामीलाई लागेका सुझाव दियौंँ । छलफल सकारात्मक भएको छ । सम्भव भएसम्म आजै टुंग्याउने तयारी छ ।’ यसअघि उनीभन्दा केहीबेर अघिबाहिरिएका कार्यदलका अर्का सदस्य शंकर पोखरेलले पनि छलफल सकारात्मक भएको र सकेसम्म आजै टुंग्याउने बताएका थिए ।