विज्ञको सुझाव : महामारीमा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता

काठमाडौँ ः महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता विज्ञहरुले औल्याएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा शुक्रबार स्वास्थ्य क्षेत्रका विज्ञहरुले समयमा समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनु पर्ने सुझाव दिएका हुन् ।
छाती रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कोभिड–१९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दे सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण रोकथाम र उपचार गर्न सक्तैन भन्ने प्रमाणित गरेको बताए । यस महामारीमा सबैले स्वास्थ्य मन्त्रालयको मात्रै मुख ताकेर बसेको तर मन्त्रालयभित्रको पुरानै प्रशासनिक तौरतरिकाले कयौँ राम्रा काम भए पनि निरन्तरता पाउन नसक्दा प्रभावकारीतामा प्रश्न उठेको बताए ।
विद्यमान सोच, प्रवृत्ति, प्रशासनिक तौरतरिकामा परिर्वतन ल्याउनु आवश्यक भएको बताए । उनले महामारीलाई सम्बोधन गर्न विकसित मुलुकले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन भनेर छुट्टै स्वायत्त निकाय गठन गरेर काम गर्ने गरेको दृष्टान्त दिँदै त्यस्तै निकाय गठनका लागि पहल गर्न समितिको ध्यानाकर्षण गराए ।
उनले भने,‘नियमित रुपमा आउने महामारी नियन्त्रणका लागि स्वायत्त प्रकृतिको निकाय आवश्यक पर्ने हुन्छ, त्यसलाई आवश्यक पर्ने साधन, स्रोत उपलब्ध गराएर चाहिने अधिकार दिएर, अरु देशको सीडीसीले कसरी काम गरेका छन् भन्ने अध्ययन गरेर, उपयुक्त निकाय बनाउनु जरुरी छ । यसले महामारी आउँछ भन्ने सोचेर सधैँ नियन्त्रण, रोकथाम र आवश्यक पहलकदमीका लागि तयारी अवस्थामा बसिरहन्छ ।’

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

६ वटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

प्रतिक्रिया