प्रतिनिधिसभामा सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश

काठमाडौं - प्रतिनिधिसभा बैठक सुरू भएको छ। बिहीबारको प्रतिनिधिसभामा सरकारले संसदमा लगेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएका छन्।
प्रतिनिधिसभामा अध्यादेशको कार्यसूची नै हटाइएको छ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमाले अध्यादेश प्रस्तुत गर्न पछि हटेपछि कार्यसूची फेरिएको हो। प्रतिनिधिसभामा सांसदहरूले विभिन्न ठाउँका समस्याबारे कुरा राखिरहेका छन्।
राष्ट्रिय सभामा देखिएको अंकगणितका कारण अध्यादेश पास नहुने देखिएपछि सत्तापक्ष अध्यादेश प्रस्तुत गर्न पछि हटेको हो।
अध्यादेश पास हुन जनता समाजवादी पार्टी (जसपा)सँग सत्तारुढ दलले सहकार्य गर्न जरुरी छ। जसपासँगको संवाद टुंगोमा नपुगेकाले बिहीबार अध्यादेश प्रस्तुत गर्न नसकिएको एमालेका एक नेताले बताए।
राष्ट्रिय सभामा सत्तापक्ष एमाले-कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका २७ जना सांसद छन्। अध्यादेश पास हुन ३० संख्या पुर्याउनुपर्ने हुन्छ, जो जसपासँग तीन सिट छ।
जसपाले मधेस प्रदेशको मुख्यमन्त्री माग गरेको छ। उक्त माग दिनेबारे कांग्रेस-एमालेमा सहमति जुटिसकेको छैन।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया