एलओडी छैठौ वर्षमा, वार्षिकोत्सवमा कुमासागरदेखि अन्य कलाकारको प्रस्तुती रहने

काठमाडौँ- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) ले छैठौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।
क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६ गते पुर्णराई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुती गर्ने छन् ।
माघकै २८ गते कुमासागर एण्ड द ख्वपाको पस्तुती रहने छ । साथै फागुनको एक,दुई,आठ र नौँ गते क्रमशः समिर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुती दिने भएका छन् ।
एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । क्लब ४९,५२ र ५० औँ स्थानमा परिसकेको छ ।
डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया