मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं - सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।
उक्त छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एक/एकजना प्रतिनिधि तथा चितवनका एकजना पशु चिकित्सक सदस्य रहेको महानिर्देशक कँडेलले बताए । “बिहीबार वनमन्त्रीकै उपस्थितिमा भएको बैठकले उक्त समिति गठन गरेको हो, वन्यजन्तु संरक्षणका लागि कस्ता उपाय अपनाउन सकिन्छ ? भन्ने विषयमा समेत राय सुझाव समेटेर प्रतिवेदन दिने छ”, महानिर्देशक कँडेलले भने ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ ।
निकुञ्जले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले दुई राउन्ड ‘वार्निङ’ (चेतावनी) स्वरुप हवाई फायर गरिएको र भाग्नुको सट्टा थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया