युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी थिइन् ।
ढाका ट्रिब्यूनका अनुसार उनलाई ‘राज्यविरुद्ध षड्यन्त्र’ अर्थात् कथित देशद्रोहको आरोप लगाइएको छ । उनलाई ढाका महानगरीय प्रहरी परिसरको गुप्तचर शाखाले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
प्रहरी अतिरिक्त आयुक्त (डीबी) रेजाउल करीम मलिकले भने ‘उनीलाई बिहीबार राति धानमण्डीबाट पक्राउ गरिएको थियो। उनलाई देशद्रोहको षड्यन्त्रमा संलग्न भएको आरोप लगाइएको छ। आरोपको सम्बन्धमा सोधपुछका लागि हिरासतमा राखिएको छ ।’
मेहर अफरोज जमालपुर जिल्लाका अवामी लिगका पूर्व सल्लाहकार परिषद सदस्य मोहम्मद अली र १९९६ मा अवामी लिगका सांसद तहुरा अलीकी छोरी हुन्। मोहम्मद अलीले गत निर्वाचनमा जमालपुर–५ (सदर) सिटबाट टिकट मागेका थिए ।
अभिनेत्री शानलाई जमालपुर सदर उपजिल्लाको नरुन्दी रेलवे स्टेशन क्षेत्रमा उनको बुबाको घरबाट पक्राउ गरिएको थियो। उनलाई साँझ ६ः३० बजे पक्राउ गरिएको हो । उनी पक्राउ परेको केही समयअघि जमालपुरमा उनको परिवारमाथि आक्रमण भएको थियो र उनको घर पनि जलाइएको थियो ।
बंगलादेशमा मोहम्मद युनुसको सरकार सत्तामा आएदेखि नै विपक्षीलाई पक्राउ गरिँदै आएको छ । बंगलादेशमा मेहर फिल्मी जगतका ती अभिनेत्री हुन्, जसले खुलेर आफ्नो बयान दिन्छिन् । यही नै उनको गिरफ्तारीको कारण बनेको स्थानीयले बताएका छन् ।
समाचार अनुसार मोहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारको आलोचना गरेको कारण उनीमाथि देशद्रोहको आरोप लगाइएको छ ।

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_kIRLwXblm0_zvbiezwzlszunpow5cafc0ukws2me7ckvzwxqgfwatxmami6pdbgaxpifdvv.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

प्रतिक्रिया