वीरगंजमा शशीला मोटर्सको विद्युतीय सवारी साधन विक्री केन्द्र उद्घाटन

काठमाडौँ- शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ। प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै, विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले कम्पनीले जहिले पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए। उनले विक्री मात्र नभई, विक्री पछिको सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य रहेको उल्लेख गरे।
कम्पनीले वीरगंज शाखा तथा सिमरा वर्कशप सञ्चालनमा आइसकेपछि बर्दिवास, दाङ, नेपालगन्ज, र बुटवलमा समेत छिट्टै शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
कार्यक्रममा भूमि समस्या समाधान समिति पर्साका अध्यक्ष तबरेज अहमद, नेकपा एमाले नेता सलाउद्दिन अहमद, अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
उद्घाटनकै अवसरमा शशीला मोटर्सले पाँच वटा विद्युतीय माइक्रोबस ग्राहकलाई हस्तान्तरण गरेको छ। यसअघि कम्पनीले बाराको सिमरामा रहेको मल्टिप्रपोज यातायात प्रालिलाई ३० वटा माइक्रोभ्यान हस्तान्तरण गरिसकेको छ।
शशीला मोटर्सले हाइगर, किटोन, भेन्ची लगायत विभिन्न ब्रान्डका विद्युतीय सवारी साधनको विक्री गर्दै आएको छ।

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक
_CpoRN34Zy7_smd1ss7xujbqreyejscevazyx5tvcayyd49lhnwxtxw64qbk9pwfmiedyijb_2DWqSzoY85_uptgufmpa6ukeunpy5b2d2s80pp1ugubrwtcb3ls5ghjpzyddnwev4pplsbe.jpg)
चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_w9wGl3FyBX_wewtksp7u16kuzdohlxavd9fteubzvcpbrrnrotg61kdcq6vmvuonlywdsak.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_ZGD5MKcops_1eopool4kpk4egmpgpi6ehbrw1zvl8qjmanvtuiudilo80msbigm9zrbto3r.png)
प्रतिक्रिया